अब अति भयो, एनआरएनए विवाद छिटो समाधान गरौ : राजन त्रिपाठी

काठमाडौं – गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले सस्थामा लामो समयदेखिको विवादका कारण गैर आवासीय नेपालीहरु निराश भएको भन्दै छिटो समस्या समाधान गर्न आग्रह गर्नु भएको छ । त्रिपाठीले समस्या समाधानको लागि भइरहेका प्रयासलाई स्वागत गर्दै अब छिटो भन्दा छिटो निकास निकाल्नु पर्ने बताउनु भयो ।

‘अब अति भइसक्यो, अब पनि समाधान गर्न सकिन्न भने हामी दोस्रो पुस्ता तयार छौ’, त्रिपाठीले भन्नु भयो । उहाँले संस्थालाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नहुने समेत बताउनु भयो ।

त्रिपाठीले एनआरएनएको विद्यमान समस्या समाधान गर्न आफूहरु पनि आन्तरिक रुपमा ब्यापक छलफलमा रहेको बताउँदै विवाद समाधान नहुँदा आइसिसीभित्रै ठूलो आक्रोश पैदा भइरहेको पनि बताउनु भयो ।

प्रतिनिधि विवाद समाधान गरि चाँडौ अधिवेशनमा जानुपर्नेमा जोड दिर्दै कोषाध्यक्षका उम्मेदवार समेत रहनु भएको त्रिपाठीले आफूहरु नेतृत्वलाई सघाउन तयार रहेको बताउनु भयो ।

उहाँले समस्या समाधानका लागि नेतृत्वकर्ता, उम्मेदवारहरु, सरोकारवालाहरु जिम्मेवार भएका लाग्नुपर्ने आवश्यक रहेको बताउँदै नभए दोस्रो पुस्ता तयार रहेको बताउनु भयो । ‘तपाईहरु समस्या समाधान गर्न सक्नुहुन्न भने हामी दोस्रो पुस्ता समस्या समाधानका लागि तयार छौ’, उहाँले भन्नु भयो ।


प्रकाशित | ७ पुष २०७८, बुधबार ११:३६