एनआरएनए बेल्जियमको अध्यक्षमा खड्क केसी विजयी, कसको कति मत ? (मतपरिणामसहित)

बेल्जियम। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमको अध्यक्षमा खड्क केसी विजयी हुनु भएको छ । केसीले ८५५ मत प्राप्त गदैँ विजयी हुनु भएको हो । केसीको निकटतम प्रतिस्पर्धी चेतप्रसाद भट्टले ६०९ मत पाउनु भएको अर्का प्रत्यासी अनुजा प्रधानले १६० मत पाउनु भयो ।

उता आइसिसी सदस्यमा रोशन जोशीले ७४४ र गंगा प्रसाद शर्माले ७१९ मत प्राप्त गर्दै विजयी हुनु भयो । उपाध्यक्षमा लाल बहादुर गुरुङले ७१८ र तीर्थ राज धमलाले ६८६ मत पाउँदै विजयी हुनु भयो । युवा उपाध्यक्षमा राजेश केसीले ८७१ मत पाउँदै विजयी हुनु भयो ।

त्यस्तैगरि, महासचिवमा रमेश कँडेलले ७७६ मत पाउँदै विजयी हुनु भयो । सचिवमा सुवास भट्टले ७३७ मत र जगदीश सापकोटाले ६९७ मत पाउँदै विजयी हुनु भयो ।

कोषाध्यक्षमा पुष्प नेपालले  ७२८ मत प्राप्त गर्दै विजयी हुनु भयो भने सहकोषाध्यक्षमा बेरी ढुंगाना ५५४ मतका साथ विजयी हुनुभयो । नयाँ कार्यसमितिको अन्य पदमा भने निर्विरोध भइसकेको छ ।

यस्तो छ निर्वाचन परिणाम विवरण

आइसिसी सदस्य

-रोशन जोशी ७४४ विजयी

-गंगा प्रसाद शर्मा : ७१९ विजयी

-हरि भट्टराई: ६८२

अध्यक्ष

-खड्क प्रसाद केसी:  ८५५ विजयी

-चेत प्रसाद भट्ट: ६०९

-अनुजा प्रधान:  १६०

उपाध्यक्ष

-लाल बहादुर गुरुङ : ७१८ विजयी

-तीर्थ राज धमला : ६८६ विजयी

-काशी दनही: ६६८

-रमेश सापकोटा : ६८१

युवा उपाध्यक्ष

-राजेश केसी : ८७१ विजयी

-शिव सिग्देल: ५०९

महासचिव

-रमेश कँडेल: ७७६ विजयी

-जनक राज सुवेदी: ६४७

सचिव

-जगदीश सापकोटा:  ६९७ विजयी

-रमेश दाहाल:  ५८४

-सुवास भट्ट:  ७३७ विजयी

-रुद्र मणि लम्साल : ५३८

कोषाध्यक्ष

-पुष्प नेपाल : ७२८ विजयी

-कुमार जोशी : ६५८

सहकोषाध्यक्ष

-बेरी ढुंगाना : ५५४ विजयी

-सुन्दर पौडेल : ४९२

नयाँ कार्यसमितिको अन्य पदमा भने निर्विरोध भइसकेको छ ।

निर्विरोध हुनेहरुको नामावली

महिला उपाध्यक्ष- सुशीला खतिवडा

महिला सचिव -सावित्री गिरी

महिला संयोजक- ईश्वरा शर्मा

महिला सहसंयोजक- सैलजा शर्मा कट्टेल

युवा संयोजक- राजु प्राखिन

सदस्यहरु

-कृष्ण पुन

-दीपक थापा मगर

-दीपक गुरुगं

-राजु प्रसाद बराल

-लक्ष्मी सुबेदी

-तारा बिष्ट पौडेल

-पार्बता शर्मा

-ज्ञानु बरुवाल

-रबिना शर्मा

क्षेत्रीय संयोजकहरु

ऐलेन खडका -आन्र्वेपेन

शेखर राई – लुभेन

दीपक सापकोटा -गेण्ट

दौलत साम्वा -वुज

अर्जुन घिमिरे -बर्सेल्स


प्रकाशित | १२ श्रावण २०७८, मंगलवार १५:३०