कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित

काठमाडौं – काठमाडौं नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा विजयी हुनु भएको छ । थापाले ३०२३ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । दुई महामन्त्रीको लागि भएको निर्वाचनमा विश्वप्रकाश शर्मा पनि निर्वाचित हुनु भएको छ ।

कुल ४६८२ मत गणनामा गगन कुमार थापाले ३०२३ र विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गर्दै निर्वाचीत हुनु भएको हो । थापा डा. शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट चुनाव लड्नु भएको थियो ।

त्यस्तै, प्रकाश शरण महतले १५५०, प्रदिप पौडेलले १४०९, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत प्राप्त गर्नु भयो । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिनु भएको थियो ।


प्रकाशित | १ पुष २०७८, बिहीबार १४:४४