निर्वाचन आयुक्तको राजीनामा पेशाप्रतिको धोका : डा. बद्री केसी

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार डा. बद्री केसीले निर्वाचन आयुक्तले विभिन्न बहाना बनाउदै राजीनामा गर्नु पेशाप्रतिको धोका भएको बताउनु भएको छ ।

उच्च अदालत पाटनले एनआरएनएको निर्वाचन प्रक्रियालाई सहज तुलाएको अवस्थामा चुनावमा भाग लिने प्रतिनिधिको दावी विरोधको अन्तिम दिन निर्वाचन आयुक्तले विभिन्न बहाना बनाउदै राजीनामा गर्नु पेशाप्रतिको धोका भएको केसीको भनाइ थियो।

‘‘उहाँ (लिलामणि पौडेल) ले नेपाल बार आन्दोलनमा रहेको र आफू बारको महासचिव भएको भन्दै राजीनामा गर्नुभयो। यो धोका हो’, शनिबार आयोजित ककस कार्यक्रममा उहाँले भन्नु भयो, ‘निर्वाचन आयुक्तको जिम्मेवारी लिएर आवद्ध भइसकेपछि अन्तिम समयमा विभिन्न बहाना बनाउनु भनेको सरासर गल्ती हो।’

उहाँले निर्वाचन रोक्न गम्भीर षड्यन्त्र भइरहेको बताउँदै निर्वाचनकै मुखमा निर्वाचन आयुक्तले राजीनामा दिएको प्रकरणलाई सामान्य मान्न् नसकिने बताउनु भयो । साथै उहाँले जतिसुकै षड्यन्त्र भएपनि एनआरएनएको चुनाव २६–२७ डिसेम्बरमा भइ छाड्ने विश्वास ब्यक्त गर्नु भयो ।


प्रकाशित | २६ मंसिर २०७८, आईतवार १२:३३