यस्तो छ आजको सुनचाँदीको भाउ

काठमाडौं : छापावाल सुनको भाउ आज (सोमबार ) बढेको छ। सोमबार नेपाली बजारमा सुनको भाउ बढेको हो । आइतबार तोलमा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार १०० बढेर ५९ हजार ९०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी सोमबार तोलामा ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १३:५९