ठाउँठाउँमा शंकास्पद वस्तु भेटिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी : पूर्वी नवलपरासीको पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । राजमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु राखिएपछि यातायात अवरुद्ध बनेको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दलाई प्रभावकारी बनाउन शंकास्पद बस्तु राखिएको अनुमान गरिएको छ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परे पछि सडक अवरुद्ध भएको छ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार ०९:२५