एमाले सचिवमा गोकर्ण विष्टलाई लोकप्रिय मत, टंक कार्की र भीम आचार्य पराजित

चितवन – नेकपा एमाले सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत ल्याउनु भएको छ । सात सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित हुनु भएको हो ।

गोकर्णले १९७६ मत ल्याउनु भयो भने योगेशले १९६४, छविलाल र पदमाले समान १८०० मत पाउनु भयो । त्यस्तै, लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाउनु भयो ।

छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित हुनु भएको छ । पराजित उम्मेदवारहरु आचार्यल १३०० र कार्कीले ५०० मत ल्याउनु भयो ।


प्रकाशित | १४ मंसिर २०७८, मंगलवार १७:०७