एनआरएनएको निर्वाचन सम्बन्धी परराष्ट्रले पठाएका पत्रहरु कार्यान्वयन नगर्न आदेश

काठमाडौं – उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन सम्बन्धी परराष्ट्रले पठाएका पत्रहरु तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । संघका अध्यक्ष कुमार पन्तले उच्च अदालत पाटनबाट परराष्ट्रका पत्रहरु तत्काल कार्यान्वयन नगर्न आदेश जारी भएको जानकारी गराउनु भयो ।

एनआरएनएले परराष्ट्रको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत पाटनमा बिहीबार मुद्दा दायर गरेको थियो । मुद्दामा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको पछिल्लो निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको थियो ।

त्यस्तै, अदालतले दोहोरो छलफलका लागि मंसिर १९ गते दुवै पक्षलाई बोलाएको छ । त्यसपछि अल्पकालीन अन्तरिम आदेशबारे थप आदेश आउने बताइएको छ ।

अध्यक्ष पन्तका अनुसार निर्वाचन समितिको बैठक सोमबार बोलाइएको छ । बैठकले निर्वाचन सम्बन्धी कार्यतालीका सार्वजनीक गर्नेछ । संघले निर्वाचनको नयाँ मिति मंसिर २९ (डिसेम्बर १५) का लागि सार्वजनिक गरिसकेको छ ।


प्रकाशित | १२ मंसिर २०७८, आईतवार १७:२८