एमाले केन्द्रीय सदस्यमा तुलसी प्रसाद न्यौपानेको उम्मेदवारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले १० औँ महाधिवेशनमा तुलसी प्रसाद न्यौपानेले प्रदेश १ बाट केन्द्रीय सदस्य लागी उम्मेदवारी दिने हुनु भएको छ । प्रदेश नं १ का निवर्तमान आर्थिक मन्त्री तथा प्रदेश सभा सदस्य समेत रहनु भएको न्यौपानेले केन्द्रीय सदस्यका लागी उम्मेदवारी दिने हुनु भएको हो । नेकपा एमालेको १० औं महाधिवेशन यहि मंसिर १० गते चितवनमा हुदैंछ ।

विगत ४३ वर्षदेखी नेता न्यौपाने राजनीतिक तथा संगठनात्मक रुपमा सक्रिय रहदैं आउनु भएको छ । विश्व सन्देशसंग कुरा गर्दै नेता न्यौपानेले पार्टीको निर्देशन बमोजिम पार्टी र संगठनमा सधै सक्रिय र कटिबद्ध रहेर लागी परेको बताउनु भयो । आफु नेकपा एमालेको केन्द्रीय सदस्यको लागी योग्य भएको नेता न्यौपानेको दावी छ ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई प्रदान गर्न आसन्न १० औँ महाधिवेशनमा केन्द्रीय सदस्यको जिम्मेवारीका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै नेता न्यौपानेले दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि सामु अपिल समेत गर्नु भयो ।


प्रकाशित | ७ मंसिर २०७८, मंगलवार १९:४८