तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने : यस्तो छ बुधबारसम्मको मौसम पूर्वानुमान

काठमाडौं : तीन दिन मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार (आज) देशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । यस्तो छ, मौसम पूर्वानुमान महाशाखाले गरेको बुधवारसम्मको देशभरको मौसम पूर्वानुमान

वैशाख १६ गते – सोमबार

दिउँसोः देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भु–भागमा आंशिक बदली र बांकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका केही स्थानमा तथा मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

राति: देशको पूर्बी पहाडी भेगमा आंशिकदेखि सामान्य बदली, मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदलि र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी पहाडी भेगका थोरै स्थानमा तथा मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

वैशाख १७ गते–मंगलबार

दिउँसोः देशको पूर्वी भू–भाग लगायत मध्य र पश्चिमका पहाडी भु(भागमा आंशिक बदली रहनेछ भने बांकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशका पहाडी भेगमा मौसम आंशिक देखि सामान्य बदलि रहनेछ। देशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १८ गते –बुधबार

दिउँसोः देशको पश्चिमि पहाडि भेगमा सामान्य बदली, मध्य र पुर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बांकि भू–भागमा मौसम आंशिक बदलि रहनेछ । देशका पश्चिमि पहाडि भेगका केहि र बाँकि पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पश्चिमि पहाडि भेगमा सामान्य बदली, मध्य र पुर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बांकि भू–भागमा मौसम आंशिक बदलि रहनेछ ।देशका पहाडि भेगका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १०:३५