एनआरएनए अमेरिकाविरुद्ध टेनेसी अदालतमा दायर मुद्दा फिर्ता लिने सहमति

न्यूर्योक – गैर आवासीय नेपाली संघ अमेरिका विरुद्ध साल (सुर्य) लम्सालले टेनेसी अदालतमा दायर मुद्दा फिर्ता लिने सहमति भएको छ । एनआरएनए र लम्साल बीच न्यूर्योकमा भएको एक समझदारीकाबीच दायर मुद्दा फिर्ता लिने सहमति भएको हो ।

एनआरएनए अमेरिकाले आगामी दिनमा आइसिसीको सदस्यता छानबिन कमिटिको प्रतिबेदन अनुरुपको काम कारवाही अगाडी बढाउने, संस्थालाई अझ बढी पारदर्शी र समावेशी बनाउने, फेस रिडिङ वा सो सरहको सदस्यता प्रणाली प्रयोग गर्ने जस्ता विषयमा समझदारी बनेसँगै लम्साल मुद्दा फिर्ता लिन राजी हुनु भएको हो ।

गैर आवासीय नेपाली संघ अमेरिकामा रहेका केहि संस्थागत कमी कमजोरीलाई मुख्य बुँदा बनाएर लम्सालले टेनेसी अदालतमा मुद्दा दायर गर्नु भएको थियो। सोको निराकरणका लागि आइसिसीको पहलमा उपाध्यक्ष सोनाम लामा, क्षेत्रीय संयोजक राजन त्रिपाठी र एनसिसी अमेरिकाको तर्फबाट अध्यक्ष बुद्धि सुबेदी र महासचिव अन्जन चौलागाईंको समन्वयकारी भूमिकामा सो सहमति भएको हो।

एनसिसी अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, एनसिसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थ, एनसीसी कोरियाका पूर्ब अध्यक्ष राजु क्षेत्री, एनसीसी अमेरिकाका पूर्व उपाध्यक्षहरु बन्दना कोइराला तथा बिआर लामा, प्रमुख निर्वाचन आयुक्त बिश्व बराल, निर्वाचन आयुक्त बासु फुलारा, आइसिसी साम्मर बुढाथोकी, एनसीसी कार्यसमिति सदस्यहरु दुर्गेश कार्की तथा बिश्व बास्तोला, न्यूर्योक च्याप्टर सभापति आङ्ग छिरिङ्ग शेर्पा, न्यु जर्सी च्याप्टर सभापति सुर्य तिवारी, नेपाली जनसम्पर्क समितिका महासचिब मुनिन्द्र नेम्बाङ्ग लगायतका विभिन्न एनआरएनका अभियन्ताहरुको उपस्थितिमा सो सहमति भएको हो।

यस्तो छ सहमतिपत्र


प्रकाशित | ३० भाद्र २०७८, बुधबार १३:३०