प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

काठमाडौँ – प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन् ।

कुल खसेको ७९ मत मध्ये २९ मत उनको विपक्षमा खसेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका ३९ मध्ये १० जना सांसद अनुपस्थित भएका छन् ।

पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।


प्रकाशित | १ मंसिर २०७८, बुधबार २०:१९