एनआरएनए बेल्जियमद्धारा नेपाललाई २२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले नेपालका विभिन्न अस्पतालहरुलाई २२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । एनआरएनए आईसीसीले अगाडी सारेको ‘अक्सिजन पठाऔं, आफन्त जोगाऔं’ अभियान अन्तरगत एनआरएनए बेल्जियमले २० लाख रुपैया बराबरका अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

नेपालका बिभिन्न जिल्लाहरुबाट आएको मागअनुसार २२ थान मेसीनहरु वितरण गरिएको अध्यक्ष चित्र सुवेदी र महासचिव तिर्थ राज धमलाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । एनआरएनए बेल्जियमले अभियानमा सहयोग र समन्वय गर्ने नेपाली संघसंस्था तथा ब्यक्तित्वहरु प्रति धन्यवाद ज्ञापन गरेको छ । 

यस्ता छन् सहयोगी दाताहरु :-

१) जिल्ला अस्पताल, दमौली-२ थान

२) जिल्ला स्वास्थ्य चौकी, भोर्लेटार, लमजुगं- १ थान

३) जी पी अस्पताल बेलचौतारा- १ थान

४) तेह्रथुम जिल्ला अस्पताल- २ थान

५) बढैयाताल गाउंपालिका, बर्दिया-१ थान

६) गल्कोट नगरपालिका, बागलुगं- २

७) अजिरकोट गाउंपालिका, भच्चेक, गोरखा-१

८) माडी नगरपालिका, चितवन-१

९) फलेवास गाउंपालिका, पर्वत- १ थान

१०) मूसिकोट नगरपालिका वडा नं ३ स्वास्थ्य चौकी, गुल्मी-१ थान

११) महाशिला गाउंपालिका, पर्वत-१ थान

१२) जलजला गाउंपालिका, पर्वत-१

१३) भीरकोट नगरपालिका, बयरघारी, स्यॉंगजा-१

१४) गंगाजमुना गाउंपालिका, धादिगं-१

१५) काभ्रे -१ थान

१६) जनजाति महासंघ बेल्जियम मार्फतका ४ थान मेसीनहरु एनआरएनए आईसीसी कार्यालयमा बुझाईएको।

त्यस्तै, एनआरएनए बेल्जियमको मुख्य अग्रसरता तथा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त पहलका साथै पुरी फ़ाउन्डेशन बेल्जियमको सहयोगमा गण्डकी प्रदेश सरुवा रोग अस्पताल, शिशुवा कास्कीमा करीब एक करोड रुपैयॉं लागतमा १५० बेडमा सप्लाई गर्न सकिने अक्सिजन प्लान्ट निर्माणको लागी आवश्यक सामान र जनशक्ति सम्बन्धित ठाउंमा पुग्ने क्रममा रहेको जनाइएको छ । । अबको केही दिनमा उक्त अस्पतालका प्रत्येक बेडमा अक्सिजन सप्लाई हुने समेत जनाइएको छ ।


प्रकाशित | १० असार २०७८, बिहीबार १२:४०