नेपालमा थप ३९७ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३ सय ९७ जनामा कोरोना (कोभिड–१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १६ हजार ४ सय १५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ९८ जना रहेका छन ।


मन्त्रालयका अनुसार आज ३ सय ८९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९७ हजार ४ सय ४८ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६९ जना पुगेको छ ।


प्रकाशित | २६ कार्तिक २०७८, शुक्रबार २१:१४