सर्वोच्चमा १४ मुद्दाको सुनुवाइ, न्यायाधीशहरूले हेरेनन् बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा

सर्वोच्च अदालतमा बिहीबार १४ मुद्दाको मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि सबै प्रकृतिका एक सय ७७ मुद्दाको पेसी तोक्नु भएको थियो । बिहीबार प्रधानन्यायाधीश जबराले आफ्नोसहित तीन एकल, एक पूर्ण र पाँच संयुक्त इजलास तोक्नु भएको थियो ।

आज सुनुवाइ भएकामध्ये विभिन्न ६ मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासबाट भएको र अन्य न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ गरेका सर्वोच्च प्रशासनले जनाएको छ । न्यायाधीशहरूले आज पनि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेरेका कारण एक सय ६३ मुद्दाको सुनुवाइ हुन सकेन ।

नेपाल बार एसोसिएसनले जबरालाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ। तर, प्रधानन्यायाधीश जबराले भने आफ्ना लागि बेन्च र सबैखाले मुद्दामा पेसी तोक्दै आउनु भएको छ । असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने निर्णय गरेका छन् । समाचार नयाँ पत्रिकामा रहेको छ ।


प्रकाशित | २५ कार्तिक २०७८, बिहीबार १९:३२