अमेरिकी राष्ट्रपति वाइडेनद्वारा तिहारको शुभकामना

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा शुभकामना दिनु भएको छ ।बिहिबार सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गर्दै तिहार पर्व मनाउने हिन्दूलगायत अन्य धर्मालम्बीलाई शुभकामना दिनुभएको हो । आफ्नो परिवारका तर्फबाट शुभकामना सन्देश दिनुभएको हो ।

नेपाल भारतलगायतका देशमा तिहार मनाइँदैछ। अमेरिकामा करिव ४० लाख भारतीय मुलका नागरिकको बसोवास छ । अमेरिकामा स्थायी बसोवास गर्ने नेपाली समुदायको संख्या ३ लाख भन्दा वढी रहेको बताईन्छ ।

उहाँले भन्नुभएको छ,’दिवालीकाे प्रकाशले हामीलाई सधैं यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दु:खपछि आशा पलाउनेछ।’

(May the light of Diwali remind us that from darkness there is knowledge, wisdom, and truth. From division, unity. From despair, hope. To Hindus, Sikhs, Jains, and Buddhists celebrating in America and around the world — from the People’s House to yours, happy Diwali.)


प्रकाशित | १९ कार्तिक २०७८, शुक्रबार १२:४३