‘सरकारले सर्वसत्तावाद लागू गर्यो, संसदमा आक्रमक रुपमा प्रस्तुत हुन्छौं’

काठमाडौं: नेपाली कांग्रेसले वर्तमान सरकारले सर्वसत्तावाद हावी गर्न खोजेको भन्दै भोलीदेखि शूरु हुने संसदमा कडा रुपमा प्रस्तुत हुने बताएको छ । कांग्रेस संसदीय दलको आइतवार सिंहदरबारमा बसेको बैठकले भोलीदेखि शूरु हुने बजेट अधिवेशनमा आक्रक्रमरुपमा प्रस्तुत हुने निर्णय गरेको हो ।

संसदीय दलको बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रमुख सचेतक बालकृष्ण खाँणले अहिलेसम्म आफूहरु शालिनरुपमा प्रस्तुत भएको बताउँदै भोलीबाट संसदमा कडारुपमा प्रस्तुत हुने बताउनुभयो । खाँणले भन्नुभयो,  ‘सरकारले सर्वसत्तावाद लागू गर्न खोज्यो, कांग्रेस संसदीय शासन पद्धतिमा विश्वास गर्छ । हामी शालिनतापूर्वक प्रस्तुत भएका छौँ । सरकारले एक दलीय र निरंशुकतन्त्र बढाउन खोज्यो । अब हामी आक्रमकरुपमा प्रस्तुत हुन्छौँ ।’

सचेतक खाँणले प्री बजेट छलफल नगरी सरकारले जनप्रतिनिधि र संसद्लाई बाइपास गर्न खोजेको समेत आरोप लगाउनुभयो । ‘सरकारले प्री बजेट छलफल नगरी जनप्रतिनिधि र सदनलाई बाइपास गर्न खोज्यो’, खाँणले भन्नुभयो, ‘सोझै नीति तथा कार्यक्रम पास भएपछि त्यसकै आधारमा बजेट बन्छ । प्री बजेट छलफलको औचित्य रहँदैन । संसदीय मूल्य मान्यताको विरोधमा सरकार जाँदैछ ।’  प्रमुख सचेतक खाँणले प्री बजेट छलफल गरेर नीति तथा कार्यक्रम ल्याएपछि मात्रै बजेट आउनुपर्ने अडानमा कांग्रेस रहेको जानकारी गराउनुभयो ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १९:१६