एनआरएनए अध्यक्षमा केसीले अक्टोबर ५ मा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने

काठमाडौं  – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अक्टोबर ५ मा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नु हुने भएको छ । उपाध्यक्ष समेत रहनु भएको केसीले प्यानलसहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो ।

‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने मूल नारासहित  केसीले आगामी मंगलबार (अक्टोबर ५) मा काठमाण्डौंमा एक पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो । कार्यक्रम गौरीधारास्थित एलीस बैंक्वेटमा दिउँसो २ बजे तय गरिएको हो ।

केसीले आफ्नो टिममा उपाध्यक्षका रुपमा डा. हेमराज शर्मा (युके), महेशकुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अष्ट्रेलिया) यसमिन बेगम सैयद (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) लाई अघि सार्नु भएको छ ।

त्यस्तै, महासचिवमा गौरी राज जोशी (अमेरिका), सचिवमा रामशरण सिमखडा (युके), ओम गुरूङ (जापान) चिरन्जीबी घिमिरे (क्यानाडा), महिला सचिव टिका गुरूङ (हङकङ) लाई अघि सार्नु भएको छ ।

त्यस्तैगरि, कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), महिला कोषाध्यक्षमा यमुना भट्टराई (अमेरीका) लाई केसीले आफ्नो टीममा समावेश गर्नु भएको छ । यसैगरी, महिला संयोजकमा संगिता मरहट्टा र युवा संयोजक मिलन छन्त्याललाई केसीको टिमबाट उम्मेदवार बनाउनु भएको छ ।


प्रकाशित | १४ आश्विन २०७८, बिहीबार २२:२५