गैर आवासीय नेपाली संघलाई विवादबाट जोगाऔं

–राम सी पोखरेल

नयाँ नेतृत्व चयनको समय नजिकिदै गर्दा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एकाएक विवादमा परेको छ । अधिबेशनमा भाग लिने प्रतिनीधीहरुको छनौटको बिषयलाई लिएर नेपालको पररष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषदका निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न भनेपछि चार सातापछि हुन लागेको संघको नयाँ नेतृत्व चयनको प्रक्रिया नै अन्यौलमा परेको छ । हुनत , संघका वर्तमान अध्यक्ष र महासचिबहरुबाट निर्धारित समयमा नै निर्वाचन हुने अडान र प्रतिबद्धताहरु सार्वजनीक भएका छन । उहाँहरुका अडान र प्रतिबद्धताहरुका बाबजुद पनि अब निर्धारित समयमा नै निर्वाचन हुनेमा शंका उत्पन्न भएको छ । शंकासँगै परराष्ट्र मन्त्रालयको पत्रले एनआरएन भित्रको खिचातानीलाई सरकारी तहमा नै सतहमा ल्याइदिएको छ । हुनत, एनआरएन भित्रको आन्तरिक किचलो नयाँ होइन । भित्र भित्र किचलोहरु भइरहेका थिए । तर किचलोमा परराष्ट्र मन्त्रालय नै संलग्न भएको भने शायद यो पहिलोपटक हो ।

एनआरएनको आन्तरिक किचलोमा संलग्न भएर परराष्ट्र मन्त्रालयले सही वा गलत के गरयो ? बिश्लेषण गर्दै गरौला । आफनो मातहतको संस्थाको अधिबेशन प्रतिनीधीहरुको छनौटमा अनीयमितता भयो भन्ने उजुरी परेपछि उसले चासो देखाउनु एक हिसाबले स्वाभावीक पनि हुन सक्छ । त्यसैले परराष्ट्रको कदमप्रती मेरो खासै धेरै टिप्पणी छैन । मेरो बिचारमा प्रतिनिधी छनौटको बिषय परराष्ट्र मन्त्रालय तहमा पुग्नु पर्ने बिषय नै होइन । प्रतिनिधी छनौटको कुरा पहिले त राष्ट्रिय समन्वय परिषदहरुले नै व्यवस्थापन गर्नु पर्ने बिषय हो । त्यहाँ बिवाद भए, क्षेत्रीय संयोजकहरुको तहमा यस्ता बिषयहरुको समाधान गर्नु पर्ने हो । समस्या के छ भने अहिलेसम्म क्षेत्रीय संयोजकहरुलाई प्रभावकारी बनाइएकै छैन । राष्ट्रिय समन्वय परिषद भित्रका किचलो र प्रतिनिधी छनौटका बिषयलाई असामान्य अवस्थामा बाहेक क्षेत्रीय तह भन्दा माथी आउनु दिनु हुँदैन ।

क्षेत्रीय संयोजकहरुको अली भुमिका बढाएको भए प्रतिनीधी छनौट जस्ता सामान्य बिषयहरु त्यतै सल्टिन्थ्ये । यसैले क्षेत्रीय संयोजकहरुको भुमिका बढउने तर्फ संघले आजैदेखि सोचीयोस भन्ने मेरो आग्रह छ ।

एनआरएनलाई विवादहरुबाट जोगाउन ढिला भइसकेको छ। विवादका यस्तै श्रृंखलाहरुका कारण एनआरएन दिन प्रतिदिन कमजोर जस्तो बन्दै गएको छ । कमजोर संस्थामा जतीसुकै ठुलो पद भएपनि त्यसको कुनै अर्थ हुँदैन तर बलीयो संस्थाको सामान्य सदस्य मात्र हुँदा पनि त्यो ठूलो कुरा हुन्छ ।

क्षेत्रीय संयोजकहरुको भुमिकालाई प्रभावकारी बनाउने हो अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषद बिचको सम्बन्ध पनि बलीयो र अर्थपूर्ण हुन सक्छ । अमेरिकाज् क्षेत्रको वर्तमान उपक्षेत्रीय, संयोजक र क्षेत्रीय संयोजक पदको आकाँक्षीका रुपमा मेरो कोशीस अन्तराष्ट्रिय परिषद र राष्ट्रिय समन्वय परिषद बिचको सम्बन्धलाइ बलीयो र अर्थपूर्ण बनाउनमा नै केन्द्रित हुनेछ । यसो हुन सके धेरै जसो समस्याहरु क्षेत्रगत तहमा नै सल्टिन्छन । क्षेत्रीय संयोजकको तहमा समस्या सल्टिन नसके संयोजक मार्फत नै संघ अन्तर्राष्ट्रिय परिषदमा र त्यहाँ पनि समाधान हुन नसके मात्र माउ संस्था परराष्ट्र मन्त्रालयमा लग्ने हो । काम कुरो एकातीर, कुम्लोबोकी ठिमीतीर भने जस्तो एनआरएनले गर्नेुपर्ने काम एकातीर छन, हामी अर्कै विवादतीर लागेका छौं ।

आ-आफनो ताकत देखाउने ताकमा एनआरएन बिवादको भुमरीमा परेको छ । एनआरएनलाइ आ-आफना राजनैतीक गठजोड र दाउपेचको बिषय बनाउनु हुँदैन । एनआरएनलाई विवादरहित र एउटा बिशुद्ध सामाजीक संस्था कै रुपमा रहन दिंदा एनआरएनका उद्देश्य र चाहनाहरु पुरा गर्न सकिन्छ । विवादीत र गुटमा बिभाजीत एनआरएनले आफुले चाहेका र सोचेका उपलब्धीहरु प्राप्त गर्न सक्दैन भने समग्र गैर आवासीय नेपालीको भावनाको प्रतिनिधीत्व पनि गर्न सक्दैन ।

एनआरएनलाइ थप विवादीत हुनबाट जोगाऔं । स्वच्छ र स्वस्थ्य ढंगले नेतृत्व छनौट हुने वातावरण बनाऔं । एनआरएनलाई विवादहरुबाट जोगाउन ढिला भइसकेको छ। विवादका यस्तै श्रृंखलाहरुका कारण एनआरएन दिन प्रतिदिन कमजोर जस्तो बन्दै गएको छ । कमजोर संस्थामा जतीसुकै ठुलो पद भएपनि त्यसको कुनै अर्थ हुँदैन तर बलीयो संस्थाको सामान्य सदस्य मात्र हुँदा पनि त्यो ठूलो कुरा हुन्छ ।

(लेखक हाल एनआरएनए अमेरिकाज् क्षेत्रका क्षेत्रीय सहसंयोजक तथा आगामी कार्यकालको लागि संयोजक पदको उम्मेदवार हुनुहुन्छ ।)


प्रकाशित | ११ आश्विन २०७८, सोमबार ११:४४