क्रान्तिका अवशेषहरु

अस्मिता हुमागाईं

अस्ताउदो सूर्यलाई छिचोल्दै चारै तिर अध्यारोले आफ्नो साम्राज्य फैल्याउदै गईरहेको थियो । एकहुल साम्राज्यवादी अनुयायीहरु हातमा मुक्का बोकेर आफ्नै साम्राज्यलाई सिघ्याउन लम्किरहेका थिए । अध्यारोलाई चिर्दै अधिक उग्रतामा आईरहेको भुकभुके उज्यालोले हेर्दाहेदै संङ्गितका ताल, लयबिनानै अध्यारोलाई कठपुतली झै नचाउन थाल्यो ।

अध्यारो नियति देखेर बदल्यिो, अनुयायीहरु मौका देखेर बद्लिए । साम्राज्यवादीहरुले आफ्नो प्रभुत्व, शासनरुपी तान्डव देखाउनका लागी तँछाडमछाड गर्नथाले । मैकाछोपी अनुयायीहरु गुट, उपगुटमा विभाजन भए ।बहुलदेवतावादी गुट, एकलदेवतावादको द्धन्द्धले हेर्दा हेर्दै नाट्यशाला रणभूमिमा परिणत भयो ।

बुद्धिजिवीहरु विभिन्न सैद्धान्तिक दृष्टिकोणबाट विश्लेषण गर्न तलिन थिए । म भने अनुयायीहरुलाई समाजशात्रीय परिकल्पनाको सामाजिक घेराबन्दीलाई पन्छाउदै नियालीरहेका थिए । दुबै पक्षका अनुयायीहरु सर्वकालिन थिएनन् बरु तिनीहरु आफ्ना स्वार्थ अनुसार खासखास ऐतिहासिक कालखण्डमा उत्पति भएका थिए ।

पुँजीवादीहरु आफ्नो पहिचान, शक्ति निमार्णको लागी रणभूमिमा मलहमपट्टि बनेर आएका थिए । पुँजीवादको अनुरागले अनुयायीहरुलाई नैतिकताको च्याँखे थाप्न वाध्य बनाएको थियो । खुलेआम नैतिकतता लिलाम हुदैं गएको थियो । टपट जातिय, क्षेत्रिय, भौगोलिक विघटन हुनथाले भाइचाराको सम्बन्धहरु गुमनाम हुदैं थिए । सामाजिक परिर्वतन नामको भ्याकुरले टुसा हाल्न थाल्यो ।

भ्याकुरका लहराहरु पाखो पखेरो, गाउँ बेसी, सर्वत्र फैलियो । आफ्नो नाममा सम्पतिको स्वामित्व नभएका तथा सधै भिरी श्रम मात्र बेचेर जीवन गुजारा गर्ने युवा, गरिब, मजदुर, कमैया आदिलाई हैसियत र पदसोपानको पाठ रटाउन थालियो । समाजमा हुने साना तिना असहमति, मुद्दामामिलाका विवादहरुमा पनि कयौं दाजु भाई क्रान्तिको नाममा सहिद हुन थालिसकेका थिए ।

क्रान्तिले विभिन्न सर्वहारावर्गहरुलाई परिवन्धनमा पार्न थालिसकेको थियो । सर्वहारा वर्गिय मुक्ति आन्दोलन भित्रका प्रतिगामी, तथा दक्षिणपन्थीहरुको पर्दाफाँस गर्न कयौ सर्वसाधरण नागरिकको टाउको, शरिर छुट्टाएर कयौं सार्वजनिक स्थानमा फाक्न थालिएको थियो । समाज परिवर्तन जस्तो महान उद्देश्य लिएर त्रान्तिगर्न अगि बढेका युवाहरु माक्सवाद, लेनिनवादको सिद्धान्तको क्रान्तिको नामामा होमिनेहरु सर्वहारा नै भईरहे, साम्राराज्यवादी सर्वहाराको रगत चुसेर राजतितिमा उच्च स्थान हासिल गर्न सफल भएका थिए ।

अनुयायीहरु कोही व्यापरी, राजनितिज्ञ, बैद्धिक वर्ग भएका थिए । क्रान्तिसंगै जन्मिएका सामन्तिहरुको उदय, अवसानले सर्वहाराको छोरा छोरी बेरोजगार बन्दै गएका थिए । सहिदका श्रिमती एक्लै बाच्न विवस थिए । बच्चा बच्चीहरु बिना बावु हुर्किदै थिए । सामन्तिहरुले सहिदको परिवारको भावनालाई न बुझ्न सके न समाजनै रुपान्तरण हुनसक्यो ।

साम्राराज्यवादीसंग समाजको जिवनी र इतिहासको अन्र्तभूमिकालाई आत्मसात् गर्नसक्ने आवश्यक ज्ञान, क्षमता थिएन तैपनि सामाज परिवर्तन नामको फुस्रो नारा लिएर हिडे्का थिए । सर्वहाराको जिवनमा यत्रतत्र छरिएर रहेका वर्गिय चेतनाहरु जुर्मराउने चेष्टा गरेका थिए ।

सर्वहाराहरु व्यक्तिगत रुपमा वा संगठित रुपमा पैरवी, खवरदारी गर्ने,समाजका कुरीतीहरुलाई औल्याउने जस्ता कार्यहरु गर्न थालिसकेका थिए । आफ्ना दैनिक आधारभूत आवश्यकाताहरु पुरा गर्न नसक्ने आफ्ना , जहान परीवारको गाँस कटाएर अनुयायीहरुलाई खुवाएका थिए । तर अहिले सर्वहाराहरु नैसर्गिक अधिकारबाट वञ्चित भई मानवोचित जीवनयापनको सुविधाबाट समेत विमुख भएका छन ।

एउटा सामाजिक प्रणालीको अन्त्य गरेर त्यो भन्दा विकसित ,व्यावहारिक, वैज्ञानिक र अग्रगामी सामाजिक प्रणाली स्थापना गर्ने, संचालन गर्ने र निरन्तर विकास तथा संवद्र्धन गछौं भन्दै क्रान्तिका भाषण दिनेकाम जारी हुन थालेको थियो । क्रान्तिद्धारा सामाजिक परिवर्तन ल्याउँछौ भन्ने एक पंतिका साम्राराज्यवादीहरु चंकिरहेका थिए ।

क्रान्तिबाट प्राप्त परिर्वतन संधै आमूल परिवर्तनकारी हुन्छ । जबसम्म कुनै परिर्वतन आमूल परिवर्तनकारी हुँदैन, त्यसलाई क्रान्ति भन्न सकिदैन । के साच्चै नेपालका भएका क्रान्तिहरु साच्चै क्रान्ति थिए त ? क्रान्ति बिना कुनै पनि समाजको अग्रगामी रुपान्तरण हुन सक्दैन । क्रान्तिले समाजको अग्रगामी रुपान्तरण गर्न सक्यो त ? यावत् प्रश्नहरु नाजवाफ छन । 


प्रकाशित | ७ आश्विन २०७८, बिहीबार २२:३८