डा. शशांक कोइरालालाई उछिन्दै मुक्ताकुमारी यादवले ल्याइन् सर्वाधिक मत

काठमाडौं –  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अन्तर्गत भएको निर्वाचनमा मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याउनुभ एको छ । अहिलेसम्मको मतपरिणाम अनुसार यादवले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ । कूल खसेको ४६७१ मतमा यादवले ३९६० मत प्राप्त गर्नु भएको हो।

यसअघि डा. शशांक कोइरालाले केन्द्रीय सदस्यमा सर्वाधिक ३८३६ मत ल्याउनु भएको थियो । तर, कोइरालाले ल्याएको भन्दा १२४ मत बढी ल्याउनु भयो ।

त्यसभन्दा अघिको मत परिणाममा महामन्त्रीमा गगनकुमार थापाले सर्वाधिक ३०२३ मत ल्याएर विजयी हुनु भएको थियो। त्यसपछि खुला केन्द्रीय सदस्यको परिणाम आउँदा गगनलाई उछिनेर शशांकले ३८३६ मत ल्याउनु भयो भने मधेशी महिला समूहको परिणाम आउँदा शशांकलाई मुक्ताकुमारीले उछिनेर सर्वाधिक मतसहित सदस्यमा निर्वाचित हुनु भयो ।

मधेशी महिला कोटाको केन्द्रीय सदस्यमा मिनाक्षी झाले ३०१२ मत, मञ्जु कुमारी यादवले २८८६ र नागिना यादवले २८४६ मत ल्याएर विजयी हुनु भएको छ ।


प्रकाशित | ६ पुष २०७८, मंगलवार १८:०७