एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजकमा राम सी पोखरेलको उम्मेदवारी

टेक्सस – गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रीय संयोजकमा राम सी पोखरेलले उम्मेदवारी घोषणा गर्नु भएको छ । पोखरेलले विभिन्न एजेन्डा सहित उम्मेदवारी घोषणा गर्नु भएको हो ।

हाल क्षेत्रीय उपसंयोजक (डिआरसी) रहनु भएको पोखरेलले आफ्नो उम्मेदवारी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदबिचको अन्तरसम्बन्धलाइ अझ बलीयो र अर्थपूर्ण बनाउन, एनआरएनलाइ बिवादरहित र गैर राजनैतीक संस्थाको रुपमा स्थापीत गर्न, रहेको बताउनु भएको छ ।

त्यस्तै, अमेरिकाज क्षेत्रमा एनआरएनका गतिबिधीलाइ बिधीसम्मत र विवादरहित रुपमा अझ प्रभावकारी ढंगले अगाडी बढाउन, अमेरिकाज क्षेत्रमा एनआरएनले खेल्न सक्ने थप भुमिका र सम्भावीत अवसरहरुको पहिचान र कार्यन्वयन गर्न, अमेरिकाज क्षेत्रका प्रत्येक ठाउँ र देशमा बसोबास गर्ने नेपाली बिचको सम्बन्धलाइ अझ बलीयो र सुमधुर बनाउन रहेको बताउनु भयो ।

त्यस्तैगरि, अमेरिकाज क्षेत्रबाट अन्तर्राष्ट्रिय समन्वय परिषदमा समान प्रतिनिधीत्वको पहल गर्न र अमेरिकाज क्षेत्रमा नयाँ राष्ट्रिय समन्वय परिषद स्थापनाको पहल गर्ने  उहाँले बताउनु भयो ।


प्रकाशित | ३१ भाद्र २०७८, बिहीबार ०८:३१