लाप्राक नमुना बस्ती निर्माणमा शेष घलेको योगदान नभुलौ

रोम बहादुर गुरुगं

गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा गोरखाको लाप्राकमा निर्माण गरिएको लाप्राक नमुना बस्तीको काम सम्पन्न भएको खवर सुन्नमा आएको छ । लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारीमा एनआरएनएन जुटेको खवरले निकै खुसी तुल्याएको छ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको लाप्राक नमुना बस्ती हस्तान्तरण गर्न लागिरहँदा यसको निकै चर्चा परिचर्चा पनि भइरहेको देखिन्छ ।

धेरैजसो मिडिया, अनलाइन र पत्रपत्रिकाले वर्तमान नेतृत्वकै गुनगान गाउँदै लाप्राक नमुना बस्ती निर्माणलाई ठूलो सफलताको रुपमा प्रचार गरिरहेको देखिन्छ । तर यसको प्रमुख योजनाकार तथा शूरुवाताकर्ता, अभियानकर्मीको योगदानलाई छायाँमा पार्ने काम भइरहेकोप्रति भने निकै चिन्तित तुल्याएको छ । पछिल्लो समय एनआरएनएको साख गिर्दै गएको आलोचना बढिरहँदा भइरहने यस्तो सस्तो प्रचारबाजीले वास्तावमै दु खी नबनाउने कुरै भएन् । किनकी लाप्राक नमुना बस्ती शूरु गर्दाको दुख, त्यस बेलाको कठिन परिस्थितिलाई सायदै कसैले हेक्का राखेको देखिएन् । एनआरएनएनलाई यो अवस्थासम्म ल्याइपुर्याउन एनआरएनएका पूर्व अध्यक्ष शेष घले र जमुना गूरुगंको योगदान कसैले भुल्न सक्दैन । यदी कसैले योगदानलाई भुल्न र बदनियतपूर्वक नै गरिएको हो भने त्यो गलत छ ।

हामीलाई थाहा छ, नेपालमा महाविनाशकारी भूकम्प आउँदा शेष दाई र भाउँजुले जुन हिसावले निस्वार्थ ढंगले काम गर्नु भो त्यो योगदानलाई कहिल्यै भुल्न सकिन्न् । भलै एनआरएनएनमा नयाँ नेतृत्व आएपछि शेष घले दाईले आफूले थाल्नुभएको प्रोजेक्ट पूरा गर्न सक्नुभएन् । वर्तमान नेतृत्वले लाप्राकलगायतका प्रोजेक्ट निर्माणमा ढिलासुस्ती देखाइरह्यो । अन्नत अहिले आएर लाप्राक नमुना बस्तीको काम सम्पन्न भएको छ । ढिलै भए पनि वर्तमान नेतृत्वलाई धन्यवाद दिन चाहान्छु । तर यसको शूरुवातकर्ता को हो ? भन्ने विषयलाई भने कसैले पनि बिर्सन हुन्न ।

मलाई थाहा छ, त्यो बेला शेष दाई र भाउजु काठमाडौं आउने बित्तिकै लाप्राकमा कयौ रात बिताउनुभएको छ । अहिले दाई नेतृत्वमा हुनुहुन्न भन्दैमा योगदान कदापी पनि भुल्ने प्रयास नगरौ भन्ने सबैमा अनुरोध गर्न चाहान्छु ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १३:१३