विराटनगरमा भदौ १ गतेसम्म पुनः लकडाउन घोषणा

विराटनगर- कोरोना संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले आज (शुक्रबार) राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

अब दुई सातासम्म अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द हुनेछ । खाद्यान्नसहित दूध, तरकारीजन्य वस्तुको लागिसमेत समय तालिका तोकिनेछ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समुदायस्तरमा सङ्क्रमण फैलन नदिनका लागि र कोभिड–१९ बाट सुरक्षाका आवश्यक सबै विधि प्रयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।


प्रकाशित | १६ श्रावण २०७७, शुक्रबार १७:१३