एनआरएनए यूरोप संयोजकमा मुक्त बहादुर गुरुङको उम्मेदवारी घोषणा

बार्सिलोना – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप संयोजक पदमा मुक्त बहादुर गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ ।  बर्तमान यूरोप उपसंयोजक रहनु भएको गुरुङले आगामी कार्यकालको लागि संयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

दुई दशक देखि स्पेनको बार्सिलोनामा बस्दै आउनुभएको गुरुङ एनआरएनए स्पेनको २००९-०११ कार्यकालमा उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि २०१५-०१७ मा एनआरएनए स्पेनको अध्यक्षको जिम्मेवारी समाल्नु भयो । गुरुङले एनआरएनए स्पेनलाई संस्थागत गर्न ठुलो योगदान पुर्याउनु भएको छ ।

एनआरएनए स्पेनलाई झोलामा अफिस बोकेर हिड्ने अबस्थाबाट माथि उठाएर आफ्नै कार्यालय सञ्चालनको ब्यवस्था गर्न सफल हुनु भएको थियो । गुरुङ २०१७-०१९ मा आईसीसी सदस्य हुनुभयो भने हाल यूरोप उपसंयोजक हुनुुहुन्छ ।

उहाँले आफ्नो उम्मेदवारी युरोप क्षेत्रीय आपतकालीन कोषको स्थापना गर्न, एनआरएनए राष्ट्रिय समन्वय परिषदहरू बिच कार्याक्रमिक सहकार्य स्थापित गर्न, अभियानलाई रुपान्तरण, परिबर्तन र नेतृत्व बिकास गर्दै दोस्रो पुस्तामा स्थापित गर्नका लागि भएको बताउनु भयो ।

त्यस्तैगरि, पारदर्शी, संस्थागत र सामूहिक नेतृत्व स्थापित गर्न, बिदेशमा प्राप्त गरेको ज्ञान, सीप र सामुहिक लगानी भित्र्याउदै मुलुक समृद्ध बनाउनको लागि अग्रजहरूले गर्दै आएको पहललाई सार्थक बनाउन र एनआरएनए नेतृत्वले शुरू गरेको निःशुल्क सदस्यता, प्रबिधिमैत्री स्मार्ट एनआरएनए अभियानलाई लागि पुर्ण रुपमा लागु गराउनभएको बताउनु भयो ।


प्रकाशित | २२ भाद्र २०७८, मंगलवार १४:३९