एनआरएनए पोल्यान्डको अध्यक्षमा नरेश सापकोटा निर्विरोध निर्वाचीत

पोल्याण्ड : गैर आवासीय नेपाली संघ पोल्यान्डको अध्यक्षमा नरेश सापकोटा निर्विरोध निर्बाचित हुनुभएको छ । पॉचौ अधिवेशनबाट सापकोटा निर्विरोध निर्वाचीत हुनुभएको हो ।

अन्तिम समयमा मित्रलाल पार्देले प्रस्तुत गर्नुभएको प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै सर्त सहित उम्मेदवारी फिर्ता लिनुभएपछि सापकोटा निर्विरोध निर्वाचीत हुनुभएको हो । पाँचौ अधिवेशनबाट आइसिसी सदस्यमा पदमा डा. बोधराज सुबेदीलाई निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा जीवन केसी, प्रकाश तिवारी, महासचिवमा कविन्द्र सुबेदी, सचिवमा शुसान परियार, कोषाध्यक्षमा भिम खड्का, युवा संयोजकमा भिम परियार, महिला संयोजकमा सगिता लामा, सदस्यमा अनिल थापा, इस्वरा अर्याल, सुरेन्द्र आचार्य निर्विरोध निर्वाचीत हुनुभएको छ ।


प्रकाशित | १९ भाद्र २०७६, बिहीबार १५:४९