एनआरएनए सिसेल्सद्धारा तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न

सिसेल्स – नेपाली नारीहरूको विशेष चाड हरितालिका तिजको पावन अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सिसेल्सले नेपाली महिला दिदी बहिनीहरुमाझ शुभकामना आदनप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम दुई चरणमा आयोजना गरिएको हो । 

पहिलो चरनमा सबैभन्दा धेरै नेपाली रहेको सहर सिसेल्सको राजधानी भिक्टोरिया (माहे आइल्याण्ड) मा सम्पन्न भएको थियो भने दोस्रो चरणमा दोस्रो ठुलो सहर प्रासलिन आईल्याण्डमा सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सिसेल्सका अध्यक्ष मनोज बिकले कार्यक्रममा उत्साहजनक रुपमा सहभागिता रहेकोमा खुसी ब्यक्त गर्नु भयो । 

 


प्रकाशित | २१ भाद्र २०७८, सोमबार १६:०५