एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा पारसमणी पोखरेलको उम्मेदवारी घोषणा

टोकियो –  गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणी पोखरेलले क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ । संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा पोखरेलले एसिया प्रशान्त क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

नेतृत्वका लागि अब्बल, सक्षम र सवल एनआरएनए अभियानमा सकृय प्रतिभावान पोखरेल विश्वभरिका गैर आवासीय नेपालीहरुमाझ परिचीत हुनुहुन्छ । उहाँले विदेशमा रहेका दोस्रो पुस्तालाई एनआरएनमा आबद्ध गराउन र नेपाली कला संस्कृतिलाई जर्गेना गर्ने कार्यमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आउनु भएको छ । एनआरएनएका अग्रज तथा केन्द्रीय नेतृत्वसँग निकट सम्बन्ध कायम राख्नु हुने पोखरेलको तल्लो तहबाट काम गर्दै केन्द्रमा जाने सोच छ ।

पोखरेलले दुई कार्यकाल एसिया प्याशिफिक क्षेत्रीय उपसंयोजकको जिम्मेवारी समालीसक्नु भएको छ । उपसंयोजक भए पनि संयोजकको भन्दा ठूलो जिम्मेवारी उहाँले समालीसक्नु भएको हो ।

२०१३ देखि २०१५ सम्म एनसिसी जापानको अध्यक्ष र २०१५-१७ मा आइसिसी सदस्य हुँदै दुई कार्यकाल डिआरसी पदमा जिम्मेवारी समाल्नु भएको हो । पोखरेलले आफ्नो कार्यकालमा एसिया क्षेत्रमा केहि उदाहरणीय र नमूना कार्य गर्नु भएको छ ।

पोखरेलले आफ्नो कार्यकालमा स्पीच कन्टेस्ट, महाबिर पुनको लागि मेक इन नेपाल, युवा भेला अनि लेट्स रिफ्रेश द सोलको नारा दिएर गरेको एनआरएन रेफ्लेक्सन २०२१ सफलतापूर्वक सम्पन्न गरे लगतै चर्चामा आउनु भएको थियो ।

नयाँ र सृजनात्मक कामको लागि आफ्नो परिचय बनाउनु भएका पोखरेल १९९५ देखि रोटरी र २००५ देखि एनआरएनएमा सक्रिय हुनुुहुन्छ । पोखरेल हाल जापानको रोटरी क्लब सँग समेत आबद्ध हुनुहुन्छ ।


प्रकाशित | २१ भाद्र २०७८, सोमबार ११:०६