प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

काठमाडौँ । महारथी प्रभुराम शर्मा नेपाली सेनाको प्रधानसेनापति नियुक्त हुनु भएको छ । कायममुकायम प्रधानसेनापति शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानसेनापतिमा नियुक्त गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले भदौ २४ गतेबाट लागू हुने गरी शर्मालाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालय जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषदले शर्मालाई प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरे बमोजिम राष्ट्रपति भण्डारीले नियुक्त गर्नु भएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको पदावधि गत साउन २५ गते सकिएपछि शर्माले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।


प्रकाशित | ११ भाद्र २०७८, शुक्रबार १८:४२