एमसीसी संसदमा टेवल गर्न दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं – नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने भएको छ । नेकपा एसको शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता जगनाथ खतिवडाले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भए पनि संसदमा पेश गर्न भने दिने निर्णय गरेको बताउनु भयो । ‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न, संशोधन गर्न कुनै रोकावट हुँदैन’, खतिवडाले भन्नु भयो ।

साथै समाजवादीले एमसिसी टेवल हुन एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने पनि अडान राखेको छ ।

बैठकले एमसीसी जनताको भावना र राष्ट्रको हित अनुकूल हुनेगरी अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक निर्णय लिने अधिकार पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।


प्रकाशित | ७ फाल्गुन २०७८, शनिबार १७:३७