कांग्रेस महाधिवेशन मंसिर ९ गते गर्ने निर्णय, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन तीन महिना पछि सरेको छ । शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको थियो । यो अवधिमा महाधिवेशन हुन नसकेपछि सारिएको हो ।

केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।

वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

यस्तो छ कार्यतालिका

१. कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२

२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२

३. वडा अधिबेशन : २०७८/५ / १८

४. गाउँ/नगर पालिका: २०७८/ २७

५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१

६. संघिय निर्वाचन क्षेत्र : २०७८/६/ ५

७. जिल्ला : २०७८/६/१०

८. प्रदेश: २०७८/७/१०-१२

९. केन्द्रीय : २०७८/८/ ९-१३


प्रकाशित | ३० श्रावण २०७८, शनिबार १९:४१