अब ६८ वर्षमै वृद्धभत्ता पाइने

काठमाडौं : सरकाले वृद्धभत्ता पाउने उमेर घटाएको छ । यसअघि ७० वर्ष पुगेपछि मात्रै पाइने वृद्धभत्ता अब ६८ वर्षको उमेरमै पाइने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धभत्ता पाउने उमेर घटाइएको जानकारी दिनु भयो । हाल विभिन्न ८ शीर्षकमा सरकारले वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ ।


प्रकाशित | १५ जेष्ठ २०७९, आईतवार १७:४७