बैंक तथा वित्तीय क्षेत्रको निक्षेप ३० खर्ब नौ अर्ब , चालु आव भित्रै सबै स्थानीय तहमा बैंकको शाखा

काठमाडौ : नेपालं राष्ट्र बैंकले फागुन मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रको निक्षेप ३० खर्ब नौ अर्ब रुपैयाँ पुगेको जनाएको छ । जसमा यो अवधिसम्ममा दुई करोड ५७ लाख रुपैयाँ निक्षेपमा थप भएको छ । बैंकको ६४ औं बार्षिक साधारण सभाको अवसरमा राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले हाल बैंकको एक शाखाले ३५ सय ६० जनालाई सेवा दिइरहेको जानकारी गराउँदै नेपालले अहिलेसम्म ७२४ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको बताउनुभयो ।

साथै चालु आव भित्रै सबै स्थानीय तहमा बैंकको शाखा पुग्ने उहाँले बताउनुभयो । गभर्नर नेपालले पछिल्लो समयमा सेयर बजारमा विस्तारै सुधार देखिँदै गएको समेत बताउनुभयो । उहाँले आगामी दिनमा पनि बजारको अझै सुधार हुँदै जाने धारणा राख्नुभयो ।

बैकका अनुसार, २०७५ चैत्र मसान्तसम्म बार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत रहेको छ । २०७४ चैतमा यो ५ दशमलब ३ प्रतिशत थियो । त्यसैगरी खाद्य तथ पेय पदार्थ समुहको मुद्रास्फिति २ दशमलब ८ प्रतिशत, गैह खाद्य र सेवा समुहको ५.७ प्रतिशत मुद्रास्फिति रहेको छ । चैत मसान्त सम्म बैक कारोबारमा आधारित सरकारको वित्तीय स्थिति १७ अर्ब २९ करोड बचतमा छ ।

संघीय सरकारको कूल खर्चमा ५ सय ९६ अर्ब ६२ करोड पुगेको छ भने यसमध्ये चालु खर्च ४ सय ४७ अर्ब ५५ करोड र पूँजीगत खर्च १ सय ३ अर्ब ४९ करोड रहेको छ । प्रदेश तथा स्थानिय तहमा बाँडफाँड हुने समेत गरि राजश्व संकलन १९.५ प्रतिशतले वृद्धि भई ६ सय ४ अर्ब ६० करोड पुगेको छ ।

बैकका अनुसार २०७५ चैत्र मसान्तम सम्म बैक तथा वित्तीय संस्थाका ८ हजार २ सय ५ वटा शाखा संख्या रहेको र प्रतिशाखाले ३ हजार ५ सय ६० सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमता पुगेका छन् । फागुन मसान्त सम्मको तथ्यांक अनुसार २ करोड ५७ लाख निक्षेप खाता रहनुको साथै ७ सय २४ स्थानिय तहमा बाणिज्य बैकका शाखाहरु पुगेका छन् ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १७:३२