प्रदेश समन्वय परिषद्को बैठक सर्यो, जेठ २८ र २९ गते हुने

हेटौंडा: ३ नम्बर प्रदेशको प्रदेश समन्वय परिषद्को बैठक सरेको छ । ३ नम्बर प्रदेश सरकारले हेटौंडामा गर्न लागेको प्रदेश समन्वय परीषद् बैठक पाँच दिन पछि सारिएको हो ।

प्राबिधिक कारणबस स्थगित गरिएको समन्वय परिषद् बैठक पाँच दिन पछी सञ्चालन गरिने प्रदेश नम्बर ३ का प्रमुख सचिब आनन्दराज ढकालले जानकारी दिनुभयो । सरकारले यही जेठ २४ र २५ गते हेटौंडामा बैठक सञ्चालन गर्ने जानकारी दिएको थियो ।

बैठक अब यहि जेठ २९ र ३० गते हेटौंडाको क्लब हेटौंडाको हलमा विहान ७ बजेटबाट हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदकोे कार्यालयले जनाएको छ ।

बैठकका लागि सबै तयारी पूरा भएपनि कारणबस सार्नुपरेको प्रमुख सचिब ढकालले जानकारी दिनुभयो । समन्वय परिषद बैठककमा प्रदेशका १३ वटा जिल्लाका जिल्ला समन्वय समिति तथा स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरु सहभागि हुने छन् ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार १६:०६