एनआरएनए न्यूजील्याण्डको अध्यक्षमा उद्धव अधिकारी, नवनिर्वाचित कार्यसमितिद्धारा सपथ ग्रहण

न्यूजील्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्याण्डमा उद्धव अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । आगामी कार्यकाल २०२१ ०२३ को लागि चयन भएको नयाँ कार्यसमितिको पद तथा गोपनीयताको सपथ कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

एनसिसी न्यूजील्याण्डमा आगामी कार्यकालको लागि उपाध्यक्षमा भक्त सिवाङ (नर्थ आईसल्याण्ड) र निंगबार घिसिङ तामाङ (साउथ आईसल्याण्ड), महासचिवमा विकास पोखरेल, सचिवमा दामोदर न्यौपाने (नर्थ आईसल्याण्ड), कोषाध्यक्षमा लक्ष्मण भट्टराई, सहकोषाध्यक्षमा नरहरि बसेल (कर्ल) चयन हुनु भएको छ ।

त्यस्तैगरि, कार्यसमिति सदस्यहरुमा विमला पोखरेल, विशाल गौतम, विष्णु बिक्रम शाही, कवि जंग गिरी, ममता खनाल, रेशम राज गिरी, रोशनी ज्ञवाली, टिकाराम खालीङ (राई) र उर्गेन लामा चयन हुनु भएको छ ।

आगामी कार्यकालको लागि अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी सदस्य) मा बालकुमार गोले चयन हुनु भएको छ ।


प्रकाशित | १७ श्रावण २०७८, आईतवार १४:५५