भोलिदेखि कक्षा १२ को परीक्षा

भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले भोलि आइतबारदेखि माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा देशभर सुरु गर्ने भएको छ । कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको परीक्षा भोलिदेखि शुरु भएर बैशाख २६ गते सकिनेछ । परीक्षामा देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रबाट ४ लाख २८ हजार ५२ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षार्थी संख्या अनुसार सबैभन्दा कम मनाङ्ग जिल्लामा ५९ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट ६२ हजार ५ सय ८८ परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १२:५८