एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी

सिड्नी ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी हुनु भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट गुरुङ आगामी कार्यकाल २०२१-०२३ को लागि अध्यक्षमा विजयी हुनु भएको हो ।

गुरुङले ​८ हजार ५८३ मत प्राप्त गर्दै विजयी हनु भयो भने प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीले ४ हजार ८७९ मत प्राप्त गर्नु भयो ।

आइसिसी सदस्यहरुमा बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, सुर्य खनाल, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, प्रवेशराज घिमिरे विजयी हुनु भएको छ।

त्यस्तैगरि, महासचिवमा राजु बाबु अधिकारी, सचिवमा सन्ध्या शाह, कोषाध्यक्षमा अनील पोखरेल, सहकोषाध्यक्षमा राजकुमार नगरकोटी निर्वाचित हुनु भएको छ ।

कार्यसमिति सदस्यहरूमा अशोक उप्रेती, रामजी बस्नेत, राजु गिरी ,दामोदर अधिकारी, कृष्ण सुवेदी, कमल भण्डारी, महेश भट्टराई, बिशाल पोखरेल , विवेक क्षेत्री, रमेश अधिकारी, ध्रुब पोखरेल र अनुप थापा निर्वाचित हुनु भएको छ ।


प्रकाशित | १६ श्रावण २०७८, शनिबार २२:४१