बैंकक – गैर आवासीय नेपाली संघ थाईल्याण्डले घरबारविहिनीलाई सहयोग गरेको छ । खाओसन बैंकक क्षेत्रका २०० घरबारविहीन मानिसहरुलाई संघले खाना वितरण गरेको हो ।
गैर आवासीय नेपाली संघ थाईल्याण्डको नवनिर्वाचित टोलीले पहिलो मानवीय कार्य अन्तर्गत खाना वितरण गरेको महासचिव सुवास थापाले जानकारी दिनु भयो । महासचिव थापाका अनुसार २००ं लन्च बक्स कोषको लागी कायलो एथिनिक हङकङले सहयोग गरेको हो ।
एनआरएनए थाईल्याण्डमा केहि दिन अघि मात्र आगामी २०२१-०२३ कार्यकालको लागि भबिन्द्र बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

प्रकाशित | १६ श्रावण २०७८, शनिबार १७:२४