एनआरएनए जापानको अध्यक्षमा शिव प्रसाद पौडेल विजयी, कसले पाए कति मत ?

टोकियो – गैर आवासीय नेपाली संघ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनु भएको छ । अध्यक्षमा पौडेलले अन्य चार प्रतिस्पर्धीहरूलाई पछाड़ी पार्दै विजयी हुनु भएको हो ।

निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ५७ मत खसेको थियो । त्यसमा पौडेलले ३ हजार ३८ मत प्राप्त गर्नु भएको छ ।

पौडेलको निकटतम प्रतिस्पर्धी अनिता गुरुङले १ हजार ८ सय ६९ मत प्राप्त गर्नु भएको छ । साथै अध्यक्षका अर्का पतिस्पर्धी नरेन्द्र कुमार बस्नेतले (दिनेश) ले १ हजार २४५, किरण वर्माले १ हजार २२८ र सरोज कुमार खत्रीले १९१ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा नबिन निउरे निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा राम थापा (अनिल), राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ र महेश कुमार कटवाल, महिला उपाध्यक्षमा संगीता अधिकारी सुवेदी, महासचिवमा सिद्धार्थ श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण गैरे शर्मा, युवा संयोजकमा राकेश लामा निर्वाचित हुनु भएको छ ।

त्यस्तैगरि, सदस्यहरुमा प्रकाश लामिछाने, राजु भण्डारी ((सुनिल), भीमसेन राय (भीम रायमाझी), दिलीप कंडेल, मोहन सिंह मडै, चन्द्र कुमारी केसी र लक्ष्मी केसी महर्जन निर्वाचित हुनु भएको छ ।

आइसिसी सदस्यमा दीपक कार्की, सुपेन्द्र घिसिङ, नर बहादुर थापा, लक्ष्मण बानिया, श्रवण कुमार सत्याल र रोविन प्रसाद शेरचन निर्वाचित हुनु भएको छ । यस पटक कुल २९ पदका लागि ५९ जनाको उम्मेदवारी परेको थियो ।

यस्तो छ मतपरिणाम


प्रकाशित | १५ श्रावण २०७८, शुक्रबार १८:२८