एनआरएनए हङकङको नवनिर्वाचित कार्यसमितिद्धारा सपथ ग्रहण (फोटोफिचर)

हङकङ । गैर आवासीय नेपाली संघ हङकङको नवनिर्वाचित कार्यसमितिलाई खपथ खुवाइएको छ । आगामी कार्यकाल (२०२१-०२३) को लागि नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाइएको हो ।

संघको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रमका बीच गोकर्ण ढकाल नेतृत्वको नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराइएको हो । साथै सो अवसरमा निवर्तमान अध्यक्ष टिका गुरुङ (राधिका) लाई पनि सम्मानका साथ बिदाई गरिएको छ ।

एनआरएनए हङकङको आगामी कार्यकालको लागि ढकालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको थियो ।

संघको कार्यसमितिको उपाध्यक्षमा विजय कुमार गुरुङ र अनु राई, महासचिवमा डिल्लीराम विश्वकर्मा, सचिवमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिव्य थापा र सहकोषाध्यक्षमा अर्जुन गौचन, महिला संयोजकमा कविता गुरुङ, युवा संयोजकमा असिम राई हुनुहुन्छ ।

त्यस्तै, सदस्यहरुमा श्याम कुमार श्रेष्ठ, आकाश बञ्जरा, विश्वनाथ घिसिङ, मनिष लिम्बू र सुरेश कलाल थापा चयन हुनुहुन्छ भने आइसीसी सदस्यमा किसन राई निर्विरोध रहनु भएको छ ।


प्रकाशित | १० श्रावण २०७८, आईतवार २१:२०