हङकङमा चार दिने ब्यापार मेला शूरु: मेलामा नेपाली हस्तकला र हर्वल प्रदर्शनी

हङकङ : नेपाली हस्तकला र हर्वललाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले हङकङमा चार दिने ब्यापार मेला शूरु भएको छ । हङकङको बजारबाट नेपाली हस्तकलालाई अन्तराष्ट्रिय बजारमा पु¥याउने उद्देश्यका साथ हङकङमा दोस्रो हस्तकला प्रदर्शनी शूरु भएको हो ।

नेपाली महावाणिज्य दूतावास हङकङको आयोजना र द गोर्खाज गुप्र च्यारिटी फाउन्डेसन लिमिटेडको सहकार्य तथा हङकङ नेपाली ब्यापार संघ लिमिटेडको सहयोगमा सो प्रर्दशनी शूरु भएको हो । प्रदर्शनीमा विशेष गरि नेपालमा उत्पादीत हस्तकलाका सामाग्रीहरु राखिएको छ । हङकङ नेपाल ब्यापार संघका अध्यक्ष प्रकाश पुनका अनुसार मेला चार दिन सम्म चल्नेछ । प्रदर्शनीको अवसरमा पर्यटन प्रबद्धनसमेत गरिएको छ । भिजिट नेपाल २०२० प्रबद्र्धन गर्नका लागि एक वटा स्टलमा भिजिट नेपालसँग सम्बन्धीत प्रचार राखिएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

प्रदर्शनीमा जम्मा १० वटा स्टल राखीएको उहाँले बताउनुभयो । म्यादी विकास मञ्चको अध्यक्षदेखि म्यादीको विकासमा सक्रियपूर्वक लागिपर्नु भएको पुनले प्रदशनीमा म्यादेली कोशेलीस्वस्प म्यादीमा उत्पादीत हस्तकलाका सामाग्री पनि राखिएको बताउनुभयो ।

हङकङ नेपाली ब्यापार संघ लिमिटेडले विगतका वर्षदेखि नै विकासको लागि ब्यापार, सामाजिक सेवाको लागि ब्यापार भन्ने उद्देश्यले यस्ता प्रदर्शन गर्दै आएको छ । हङकङबाट नेपालमा लगानी भित्र्याउने देखि लगानी सम्मेलनमा हङकङबाट प्रतिनिधि ल्याउन सफल पुनले नेपालको पर्यटन प्रबद्र्धनमा विशेष गरि हङकङ, मकाउ र चीनमा नेपालको पर्यटन प्रबद्र्धनमा विशेष योगदान पुरयाउँदै आउनुभएको छ ।

 


प्रकाशित | १४ बैशाख २०७६, शनिबार ०९:४३