मेस्सीले लेभान्तेविरुद्व खेल्ने

एजेन्सी: बार्सिलोनाले मेस्सी लगायतका मुख्य खेलाडीलाई स्पेनिस लिगको लेभान्तेविरुद्वको खेलमा उतार्ने भएको छ । बार्सिलोनाले शनिबार राति घरेलु मैदान क्याप नाउमा लेभान्तेविरुद्व खेल्दैछ । सो खेलमा तीन अंक जोड्न सके बार्साले लिग उपाधि कब्जा गर्नेछ । त्यसैले मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले मुख्य खेलाडीलाई शनिबार हुने खेलमा आराम नदिने बताएका छन् ।

बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाईनलको पहिलो लेगको खेलमा बुधबार राति लिभरपुललाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दैछ । तर सो खेल अगाडी बार्सिलोना पछिल्ला पाँच बर्षमा चार पटक लिग उपाधि जित्ने अभियानमा छ ।

‘उपाधि जित्नुले हामीलाई बुधबारको खेलमा थप बल प्रदान गर्नेछ । सोही कारण उपाधि जित्नु थकाई भन्दा महत्वपुर्ण छ ।’ उनले भने । ‘तपाईको दिमागमा सधै केही चिज हुन्छ, जब तपाई खेलिरहेको हुनुहुनेछ । तर म दुईवटा चिजलाई अलग गर्न चाहन्छु कि लिग जित्न कति महत्वपुर्ण छ भनेर ।’ उनले थपे ।  साविक विजेता बार्सिलोनाले घरेलु मैदानमा सन् २०१० यता उपाधि जितेको छैन । सबै उपाधि उसले अवे खेलमा जितेको थियो ।

एट्लेटिको मड्रिडले रियल भालाडोलिडलाई जित्न नसकेमा बार्सिलोना खेल अगावै च्याम्पियन हुनेछ ।
‘हामीले लिग उपाधिलाई निकै महत्व दिएका छौ । जसलाई हामीले पछिल्लो एक बर्षबाट पछ्याईरहेका छौ ।’ भाल्भार्डेले भने । बार्सिलोना सन् २०१५ यता च्याम्पियन्स लिगको फाईनल पुगेको छैन । उसले कोपा डेलको फाईनलमा मे २५ मा भ्यालेन्सियासंग खेल्नेछ ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार ०८:३१