साउदीबाट स्वदेश फीर्ता हुन चाहाने नेपालीले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने

साउदी अरव (रियाद ): नेपाली राजदूतावास रियादले साउदीबाट स्वदेश फीर्ता हुन चाहाने नेपालीलाई अनीवार्य रुपमा विवरण बुझाउन आग्रह गरेको छ । कोरोना संक्रमणका कारण समस्यामा परेका नेपालीहरुको विवरण संकलन गरिरहेको नेपाली राजदूतावासले अनीवार्य रुपमा विवरण बुझाउन आग्रह गरेको हो ।

राजदूतावासले बहिर्गमन भिसा र राहदानीको कपी, विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, ‌औषधीको प्रेस्कृप्सन, जहाजमा उड्न कठिनाइ हुने बिरामीले सो समेत खुलाउने ), आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेको हकमा कारण सहितको स्वघोषणा, नेपाल जानुपर्ने विद्यार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात बुझाउन भनेको हो ।

राजदूतावासले ती विवरणहरु ईमेल वा व्हाट्सएपमार्फत अनीवार्य रुपमा पठाउन आग्रह गरेको छ । नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय भएको हुँदा विवरणहरु पठाउन राजदूतावासले आग्रह गरेको हो ।

राजदूतावासले संकलित विवरणहरु हेर्दा वहिर्गमन भीसा लागेका, करार समाप्त भएका, रोगजारी गुमाएका, वहिर्गमन लागेका महिला, गर्भवती, पारिवारिक र भिजिट भिसामा आएकाहरु, अकामा नविकरण नगरिएका वा नबनाइएका, आफन्तको मृत्यु भएका, कोरोना वाहेक अन्य विरामीहरु, रोजगारी सहित विदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले फारम भरेको देखिएको जनाएको छ ।

राजदूतावासले आभा खमीस, नजरान, जिजान, आभा, बाहा, बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुक, लगायतका स्थानमा कार्यरत तर नेपाली राजदूतावास रियादले आह्वान गरेको अनलाइन फारम भर्नु भएका सबैजनाको विवरण एकिकृत गरी नेपाली महाबाणिज्य दूतावास, जेद्धामा पठाइएकोले महाबाणिज्य दूतावास जेद्धामा सम्पर्क गर्नुहुन अनुरोध गरेको छ ।

त्यस्तै, अकामा नविकरण नगरिएका, नवनाइएका, काम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतका अलेखवद्द नेपालीहरुलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेकोले सो सम्बन्धमा पछि जानकारी गराइने राजदूतावासले बिज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

साथै हवाई टिकट खर्च, कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परिक्षण, क्वारेन्टाइनमा बस्नुपर्ने अवधि तथा पालना गर्नपर्ने अन्य शर्तहरुका बारेमा पछि जानकारी गराइने पनि अनुरोध गरिएको छ ।


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार १८:५२