निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै

काठमाडौँ । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनु भयो ।

आज बस्ने बैठकले लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा निर्णय गर्नेछ । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् ।

फेरि संक्रमण बढ्दै गएपनि खोप लगाउनेक्रम पनि बढेकाले अझै खुकुलो बनाएर जनजीवनसँगै आर्थिक जीवन पनि सहज बनाउने भन्नेमा प्रजिअहरु एकमत छन् । तथापि यसको आधिकारिक निर्णय काठमाडौँ जिल्ला प्रशासनमा आज हुने बैठकले टुंगो लगाउने बताइएको छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ ।


प्रकाशित | ३१ असार २०७८, बिहीबार १०:१५