ओलीले आज बालुवाटार छाड्दै

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्दै हुनुहुन्छ ।
अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले आज बिहान ११ बजे बालुवाटार छाड्न लाग्नु भएको हो । उहाँ आजदेखि निजी निवास बालकोटमा बस्नु हुनेछ ।

ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकाल्ने एमाले कार्यकर्ताको तयारी छ । त्यसका लागि एमाले नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जालमार्फत आह्वान गर्नु भएको थियो ।


प्रकाशित | ३० असार २०७८, बुधबार ०९:४३