चैत्रभित्र सबैलाई कोरोना विरुद्धको खोप लगाउने नवनियुक्त प्रधानमन्त्री देउवाको निर्णय

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्रभित्र सबैलाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गर्नु भएको छ । मंगलबार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय गरेको हो । बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।

यसअघि मंगलबार साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गर्नु भएको थियो । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीताको शपथ लिएपछि देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्नु भएको हो ।


प्रकाशित | ३० असार २०७८, बुधबार ०८:२३