काठमाडौँ । जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । नेपालस्थित जापानी दूतावासले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
उपलव्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डको पहिलो मात्र लगाएका नागरिकलाई लगाउन उपयुक्त हुने छ । उक्त अस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउने छन् ।
हालसम्म नेपालमा एक करोड ३१ लाख डोज खोपको सुनिश्चितता भइसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले एक करोड ३१ लाख डोज खोपको सुनिश्चितता भइसकेको र २ करोड डोज खोप खरिद प्रक्रियामा रहेको बताउनुभएको छ । प्रधानमन्त्रीबाट पदमुक्त भएसंगै सम्बोधनका क्रममा उहाँले सो कुरा बताउँनु भएको हो ।

प्रकाशित | २९ असार २०७८, मंगलवार १६:३५