राजीनामा दिने निर्णयबाट पछि हट्यो खनाल-नेपाल समूह

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूह राजीनामाबाट पछि हटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच करिब ४ घण्टासम्म चलेको वार्तापछि नेपाल समूह तत्कालको लागि राजीनामाबाट पछि हटेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले राजीनामा दुई चार दिनलाई टरेको बताउनुभयो । नेता नेपालले कार्यदल बनाएर फागुन २८ को निर्णय फिर्ता गर्ने, २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक कुराकानी भएकाले राजीनामा तत्कालको लागि टरेको बताउनुभयो ।

यसअघि एमालेको नेपाल र खनाल पक्षले साढे ४ बजेसम्मको अल्टीमेटम दिर्दै सहमती नभए आफ्ना पक्षका सांसदले राजीनामा दिने चेतावनी दिएको थियो ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १८:३१