विदेशमा रहेका नेपालीलाई आवश्यकताको आधारमा स्वदेश फर्काउने तयारी गदैछौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को कारण विदेशमा अलपत्र तथा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने आवश्यक तयारी भइरहेको बताउनुभएको छ । कोरोनाको कारण अत्यन्तै अप्ठयारोमा परेका र स्वदेश नफर्की नहुने नेपालीलाई स्वदेश ल्याउनको लागि आवश्यक तयारी भइरहेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आज संघीय संसदमा सांसदहरुको प्रश्नहरुको जवाफमा राज्यले स्वदेश र विदेशमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षीत राख्नु कर्तब्य रहेको भन्दै विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कदा गर्नुपर्ने आवश्यक तयारी भइरहेको र आवश्यकताको आधारमा ल्याउनैपर्ने ब्यक्तीहरुको पहिचान भइरहेको बताउनुभयो ।

सरकारले विदेशमा रहेका सबै नेपालीलाई ल्याएर ब्यवस्थापन गर्न नसक्ने भन्दै अत्यन्तै समस्यामा परेका नेपालीलाई भने ल्याएर क्वारेन्टाईनमा राख्ने गरि तयारी भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले देश फर्कन नदिने भन्ने होइन, तयारी हुँदैछ । कती ल्याउनैपर्छ भन्ने विषयमा पहिचान गर्दैछौ र सोही आधारमा क्वारेन्टाइनको ब्यवस्थापन गर्ने गरि तयारी भइरहेको छ ।’

साइप्रस, मलेसिया, खाडीलगायत नेपाली रहेको विभिन्न देशका सरकार प्रमुख सँग आफूले फोनमा कुराकानी गरिरहेको जानकारी गराउँदै अप्ठयारो पर्ने बित्तिकै स्वदेश फीर्ता गर्ने काम नगर्न त्यहाँको सम्बन्धीत देशका प्रमुखहरुले सुझाव दिएको पनि जानकारी गराउनुभयो ।

सम्बन्धीत देशका प्रमुखसँगको कुराकानीमा कोरोना नियन्त्रणमा नआएसम्म आफना नागरिक सराह ब्यवहार गरेर कसैलाई पनि भोकै बस्ने अवस्था आउँन नदिने बचनबद्धता जनाएको पनि प्रधानमन्त्री ओलीले संसदमा जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘साउदी अरवबाट आफनै नागरिक सराह खाने बस्ने प्रवन्ध गर्न  तयार छौ, चिन्ता गर्नु पर्दैन भनेर जवाफ आएको छ, कुुवेतमा अवैधानीक नेपालीलाई कुटनीतिक तवरणबाट काम गर्न चाहान्छन वा फर्कन्छन भन्ने विषयको टुंगो लागेपछि कोरोना नियन्त्रणमा आएपछि स्वदेश फीर्ता ल्याउँछौ ।’

अन्य यूएई, कुवेत, बहराइन, कतार, ओमान लगायत देशका प्रमुखसँग पनि कुराकानी गरेर आवश्यक पहल गरिरहेको बताउँदै ओलीले सम्बन्धीत देशका राजदूतसँग निरन्तर सम्पर्कमा रहेको पनि जानकारी गराउनुभयो ।

त्यस्तै, ओलीले कोरोना महामारीको वर्तमान समयमा विदेशमा रहेका नेपालीलाई जथाभावी ल्याएर भद्रगोल हुन सक्ने र देशमा कोरोना महामारी फैलन सक्ने तर्फ पनि सरकार सचेत रहेको बताउनुभयो । सरकारले जेन्यून ल्याउनुपर्ने मानीसहरुलाई भने तत्काल ल्याईने स्पष्ट पार्नुभयो ।

प्रधामन्त्री ओलीले कोरोना संक्रमणले अवस्था असामान्य नबनुन्जेल विदेशमा ल्याउनैपर्ने बाहेकलाई तत्काल फीर्ता गर्ने सोचमा नरहेको पनि बताउनुभयो । ओलीले विदेशमा रहेका ४५ लाख हाराहारी नेपालीलाई एकैचोटी स्वदेश फर्काउने कुरा अमेरिकाले नेपालबाट डेढ सय नेपाली फिर्ता लगे जस्तो सहज विषय नभएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग सीमित जहाज छन्, यी सीमित जहाजले विदेशका यतिधेरै नेपाली ओसार्ने हो भने कति दिन लाग्छ ? म अहिले हिसाब निकाल्न सक्दिनँ ।’


प्रकाशित | ६ जेष्ठ २०७७, मंगलवार १५:४२