आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौँ । कोरोना भाइरसविरुद्धको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको छ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ल्याएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज काठमाडौं आइपुगेको हो ।

चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणले जानकारी दिएको छ ।

पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ । यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो ।


प्रकाशित | २५ असार २०७८, शुक्रबार १३:४३